अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठकाे एकल इजलासले अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको छ । मेयर बालेनले हिन्दी फिल्म चलाउन दिने उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्ति दिँदै त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताउनुभएकाे थियाे ।

अदालतको मानहानी भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनलाई प्रतिवादी बनाई सर्वोच्चमा निवेदन दिनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?