साहित्यकार दुर्गादेवी नेपालको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको निधन भएको छ । उहाँको ८५ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको हो । उहाँका ‘उनैको माया’ कवितासंग्रह र ‘बगेको खोला’ आत्मकथा प्रकाशित छन् । नेपाल साहित्यकार इन्दिरा प्रसाईंको आमा र नरेन्द्रराज प्रसाईंको सासुआमा हुनुहुन्छ ।

उहाँका तीन छोरी छोरी र एक छोरा रहेका छन् । नेपालको मंगलबार नै पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । उहाँकी जेष्ठ सुपुत्री इन्दिरा प्रसाईंले दागवत्ति दिनुभएको थियो । नेपाललाई हालै गोधूलि पुरस्कारले विभुषित गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?