जैमिनी नगरपालिले बाँदर नियन्त्रणका लागि ‘बाँदरपार्क’ निर्माण गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

बागलुङ । बागलुङको जैमिनीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७२ करोड रुपैयाँको बजेट ल्याएको छ । नगरकाे १३ औं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख हरिहर शर्माले ७२ करोड चार लाख ६८ हजार सात सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

चालु आर्थिक वर्षका लाथि ७० करोड ७० लाख ७३ हजार रुपैयाँको बजेट ल्याएको जैमिनीले आगामी आर्थिक वर्षका लागि झण्डै डेढ करोड बजेट बढाएर ल्याएको छ । चालु आर्थि वर्षमा संसोधनसहित विनियोजन गरेको कुल ७९ करोड ९० लाख ४४ हजार ९ सय ९२ रुपैयाँ मध्ये असार ५ गतेसम्म चालुतर्फ ३४ करोड ६२ लाख ७४ हजार ८ सय १२ रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ४५ लाख ३२ हजार १ सय ८ रुपैयाँ खर्च भएको उपप्रमुख शर्माले बताउनुभयो । चालु आर्थिक वर्षको अन्त्यसम्म ८५ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ ।

आगमी वर्ष नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘बाँदरपार्क’ निर्माण गर्न बजेट विनियोजन भएको छ । बाँदर बगैचा आधार तयार गर्न मात्रै नगरपालिकाले आठ लाख रुपैयाँ छुट्याएको छ । पूर्वाधार तर्फ नयाँ बाटो खन्ने कामलाई पूर्ण रुपमा निरुत्साहित गरेर भएका संरचनाको मर्मत र स्तरोन्नतिको लागि बजेट छुट्याएको छ ।

नगरपालिकाले ‘घरघरमा स्वास्थ्यकर्मी सेवा’ कार्यक्रम संचालन गर्ने भएको छ । समुदाय स्तरमा पुगेर तथ्याङ्क सकंलन गर्ने, बिरामीको स्वास्थ्य परीक्षण र उपचार गरिने नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिका भित्र थुप्रै नागरिक नागरिक बिरामी भएर पनि अस्पतालसम्म पुग्न नसकेको भन्दै अब बिरामीको घरमै पुगेर उपचार गरिने नगर उपप्रमुख शर्माले बताउनुभयो । उहाँले टेलिमेडिसिन (प्रबिधिमैत्री उपचार सेवा) कार्यक्रममार्फत नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य संस्थाप्रबिधियुक्त बनाइने बताउनुभयो ।

सबै स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरुको पद पूर्ति गर्ने र शहरी स्वास्थ्य केन्द्रलाई आधारभुत स्वास्थ्य केन्द्रमा स्तरोन्नति गर्नुे, सड्क दुर्घटनाबाट घाइतेहरुका लागि उपचार सेवा पुर्‍याउन कालिगण्डकी करिडोर क्षेत्रमा सडक सहरी स्वास्थ्य केन्द्र स्थापना गरिने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?