राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको राष्ट्रपति पौडेल डिस्चार्ज हुनुभएको हो ।

विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरेको ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि असार ५ गते पेसमेकर राखिएको थियो ।

स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई राष्ट्रपतिले धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?