कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

महेन्द्रनगर । करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ४४ वर्षीय अमर विष्टको ज्यान गएको छ ।

घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?