२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दैआज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरूले बालाजु-कलंकी खण्डमा प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

प्रदर्शनमा उत्रिएकाहरूले पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले यात्रुसेवा दिन नपाउनेलगायत माग राखेका छन् ।

आफूहरूको बाँच्न पाउनुपर्ने हकविरुद्ध सरकारले नियम बनाएकको भन्दै उनीहरूले नाराबाजीसमेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?