स्वास्थ्यका लागि दही

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शुक्रबार हामीले दहीचिउरा खाएर असार १५ मनाएका छौँ । दूध जमाएर बनाएको र त्यसबाट नौनी, घ्यू आदि बनाइने बाक्लो खाद्य पदार्थलाई दही भनिन्छ । गर्मी महिनामा धेरै खपत हुने दही हिन्दू परम्पराअनुसार साइत गर्दासमेत प्रयोग गरिन्छ । शुभकार्यको थालनी गर्दा दही खाएर गर्नु शुभ रहने हाम्रो मान्यता रहिआएको छ ।

दूध ‘ल्याक्टोब्यासिलस बल्गारियस’ र ‘स्ट्रेप्टोकोकस थर्मोफिलस’ ब्याक्टेरियाले फर्मेन्टेसन भएर दहीमा परिणत हुन्छ । ‘प्रोबायोटिक्स’ पनि भनिने स्वास्थ्यका लागि फाइदाजनक यी दुवै ब्याक्टेरियाले दहीलाई स्वादिलो बनाउनुका साथै लामो समयसम्म खान योग्य बनाउँछन् । प्रोबायोटिक्सले दूधमा भएको ‘सुगर ल्याक्टोज’ पचाउन सघाउँछ र दूध र दुग्धजन्य पदार्थ पचाउन नसक्नेलाई समेत दही सजिलै पचाउन सघाउँछ । दहीमा भएका प्रोबायोटिक्सले रोग प्रतिरोध क्षमतासमेत बढाउन मद्दत गर्ने अनुसन्धानहरूले देखाएका छन् ।

दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । जसले हड्डीकोे विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सही ढंगले काम गराउन सहयोग गर्छ । त्यस्तै, मोटोपन घटाउन पनि सहयोगी भूमिका खेल्छ । रातमा दही नखान सल्लाह दिइन्छ ।

दही प्रायः हाम्रो भान्सामा प्रयोग भइरहेको हुन्छ । विवाह, भोज-भतेरमा पनि खाना खाइसकेपछि मुख मिठो बनाउन दही खाने चलन छ । दहीले मानिसको शरीरमा पाचन प्रक्रियालाई नियमित राख्न मद्दत गर्ने बताइन्छ ।

गर्मीमा दहीको सेवनले शरीरको तापमान सन्तुलित राख्छ । दहीमा रहेको क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले शरीरको केही आवश्यकता पूरा गर्छ ।

दही स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । दहीमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पु¥याउनुका साथै केही रोग लाग्नबाट पनि बचाउने बताइन्छ । दहीमा प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन ‘बी’ जस्ता पोषक तत्व पाइन्छ ।

दहीले पेटसम्बन्धी समस्यालाई निराकरण गर्नुुका साथै यसले अनियन्त्रित कोलेस्ट्रोल बढाउनमा रोक्छ । साथै मुटुको धड्कनलाई सही राख्छ ।

दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । जसले हड्डीकोे विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सही ढंगले काम गराउन सहयोग गर्छ ।

त्यस्तै, मोटोपन घटाउन पनि सहयोगी भूमिका खेल्छ । रातमा दही नखान सल्लाह दिइन्छ । राती दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यक हुन्छ । धेरै मानिसहरू राती खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ । राती दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ । यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुन सक्छ वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?