धनगढीमा फोहोर बोक्ने गाडीमा जिपीएस जडान, मोबाइलबाटै ‘नोटिफिकेसन’

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ । धनगढी उपमहानगरपालिकाले फोहोर बोक्ने दुईवटा गाडीमा जिपीएस जडान गरेको हो । फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका ट्याक्टरमा जिपीएस जडान गरिएको बताउनु भयो । पहिला उपमहानगरपालिकाले मात्र गाडी रहेको क्षेत्र हेर्न सक्ने भए पनि अहिले नागरिकले समेत हेर्न पाउने अवस्थीले बताउनु भयो ।

धनगढी उप–महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताउनु भयो । उहाँका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ ।
फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो ।

एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्ने व्यवस्था समेत मिलाइएको छ । साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने हमालले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?