सेयर बजारमा सामान्य सुधार

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो दिन आइतबार घटेको सेयर बजारमा सोमबार भने २.७१ अंकले बढेर १८८८.३२ अंकमा पुगेको छ । यस दिन ७५ करोड १३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन करिब ८३ करोड बढीको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका एक सय २० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीकोे घटेको छ । १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । १३ समूहमध्ये नौ समूहको परिसूचक बढेको छ भने चार समूहको घटेको छ । म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन समूहको सर्वाधिक १.८५ प्रतिशत घटेको छ ।

पिपुल्स पावर कम्पनीको सेयरमूल्य ८.११ प्रतिशतले बढेर प्रतिकित्ता तीन सय रुपैयाँ र एनआइबिएल प्रगति फण्डको इकाई मूल्य करिब आठ प्रतिशत बढेको छ । कालिञ्चोक दर्शन लिमिटेडको सर्वाधिक आठ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । तर, सेयरमूल्य भने ९.६२ प्रतिशत घटेर आठ सय तीन रुपैयाँमा झरेको छ । सनराइज इक्विटी फण्डको इकाई मूल्य पनि झण्डै नौ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?