क्यानडाविरुद्ध भीमले पनि बनाए अर्धशतक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन् ।

यस अघि ओपनर अनिलकुमार साहले अर्धशतक प्रहार गरे भने अहिले अर्का ब्याट्समेन भिम सार्कीले पनि अर्धशतक पूरा गरे । ८४ बल खेलका भिम अघिले ५२ रन बनाएर खेलिरहेका छन् ।

अनिलले भने ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक पूरा गरेका हुन् ।

यसअघी दोस्रो खेलमा उनले १९ बलमा ५० रन बनाएका हुन्। उनले ७ चौका र ३ छक्का प्रहार गरे। लगत्तै उनी इश्वरजोत सोहीको एलबीडब्लु धरापमा परे र आउट भएका थिए।

त्रिवि क्रिकेट मैदानमा नेपाल २ सय ३३ रनको लक्ष्य पछ्याइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?