भोजपुर प्रहरीले थाल्यो पीडित पुनः भेटघाट कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले पीडित पुनः भेटघाट कार्यक्रम सुरु गरेको छ ।

भोजपुर नगरपालिका वडा नम्वर १२ मा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरत कुमार थापा क्षेत्रीको नेतृत्वमा सोमवार सम्पर्क अधिकृतहरु समेतको प्रहरी टोली पीडितहरुको घरदैलोमा पुगी सुचना संकलन गरेको छ । सोक्रममा सुचना आदान प्रदानका साथै भेटघाट गरिएको हो ।

पीडितहरुलाई सुरक्षा र न्यायको अनुभुति दिलाउने उद्धेश्यका साथ सुरु कार्यक्रम मार्फत व्यक्तिगत सुरक्षा, पिडक पक्षबाट हुने सम्भावित दवाव–प्रभाव सम्बन्धी सुचना, न्यायिक प्रगति बिबरण तथा अपराध पीडित संरक्षण ऐन २०७५, परिच्छेद–२ बमोजिम पीडितले प्राप्त गर्ने बिभिन्न अधिकारको बिषयमा जानकारी गराईने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रनाउ थापा क्षेत्रीले बताउनुभयो ।

मातहत कार्यालयहरूबाट समेत अन्य स्थानका पीडितहरूलाई प्रहरी घरमै पुगेर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पीडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराईने प्रमुख थापा क्षेत्रीको भनाई रहेको छ । घरमा नै पुगेर भेटघाटका कार्यक्रम गर्दा सबैले खुशी ब्यक्त गरेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?