‘राजागञ्ज’मा दयाहाङसँगै देखिँदै मिस नेपाल निकिता

Read Time = 1 min

काठमाडौं । सन् २०१७ की मिस नेपाल निकिता चाण्डक चलचित्र ‘साङ्लो’पछि अर्को चलचित्र ‘राजागञ्ज’मा आउनुहुने भएको छ । दीपक रौनियारको निर्देशन रहने यो चलचित्रमा निकिता दयाहाङ राईसँग देखिँदै हुनुहुन्छ । चलचित्रमा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

चलचित्रमा अभिनेत्री आशा मंगरातीको पनि प्रमुख भूमिका रहनेछ । ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवलगायत कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

यसै सिनेमाबाट निर्माता बन्नुभएका रामबाबुले निर्देशक रौनियारसँग आफू चलचित्रक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गर्नुभएको छ । आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयुक्त प्रस्तुति रहने यो चलचित्रको छायांकन साउन १२ गतेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?