कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक

Read Time = 1 min

दमक । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत् झापाको कमल गाउँपालिका ५ पाडाजुङ्गीस्थित गुहृयेश्वरी आधारभूत विद्यालयलाई सोमबार पोशाक हस्तान्तरण गरेको छ ।

विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी भूमिहीन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाति, आदिवासी समुदायका भएका र आर्थिक अवस्था कमजोर भएकालाई पोशाक वितरण गरिएको बैंकले जनाएको छ । बैंकको कोशी प्रदेशका प्रदेश प्रमुख खिमलाल भुसालले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनाललाई पोशाक हस्तान्तरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?