पारागन फुटवेयर २६ औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । पिजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिजले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्ष पूरा गरेको छ । नेपाली सीप उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तु नेपाली उपभोक्तामाझ पहिचानका साथ सेवा पुर्‍याउँदै आएको कम्पनी २०५५ असार १७ गते स्थापना भएको हो । स्थापनाकालमा अधिकांश काम हातबाटै सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामहरि तोलाङले बताउनुभएको छ ।

बढीमा १५ देखि २० जोर जुत्ता उत्पादनबाट सुरु भएको उद्योगका उत्पादन हाल देशव्यापी भएका छन् । उद्योगदेखि सोरुमसम्म करिब एक सयजना प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा साढे तीन सय बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको पारागन फुटवेयर आगामी दिनमा निर्यातको समेत तयारी रहेको कम्पनीका प्रबन्ध निर्देशक तोलाङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?