युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समूहका २१ हजार सैनिक मारिए

हिमालय टाइम्स
Read Time = 2 mins

किभ । रुस र युक्रेनबीच युद्ध सुरु भएको १६ महिना पुगेको छ ।

यस क्रममा दुवै देशका प्रमुखले एकअर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तानाशाह भ्लादिमिर पुटिनलाइ आफूलाइ भन्दा बढी खतरामा रहेको दाबी गरेका छन् ।

जब जेलेन्स्कीलाई स्पेनी पत्रिका एल मुन्डोले युद्धको बीचमा आफ्नो ज्यानको डर छ कि ? भनेर सोधिएको थियो, जवाफमा उनले भने, ‘यस्तो डर सबैभन्दा बढी पुटिनलाई छ किनभने पुटिनले केबल मलाई मार्न चाहेको छ जबकि सारा संसारले उसलाई मार्न चाहन्छ।’

जेलेन्स्कीको बयान उनले वाग्नर मालिक येभजेनी प्रिगोजिन विरुद्ध विद्रोहको नेतृत्व गरेको एक हप्ता पछि आएको हो । उनका अनुसार वाग्नरका सिपाहीहरूले आफ्ना मानिसहरूसँगै पुटिनको नेतृत्वलाई पराजित गर्ने कसम खाएका थिए ।

जेलेन्स्कीले अन्तर्वार्तामार्फत जारी युद्धमा अहिलेसम्म कम्तिमा २१,००० वाग्नर लडाकु मारिएको र ८०,००० अन्य घाइते भएको दाबी गरेका छन् ।

जेलेन्स्कीले यो पनि जोड दिए कि फ्रन्टलाइन सिपाहीहरू सबैभन्दा जोखिममा छन्। युक्रेनी नेताले युद्धको मैदानमा हरेक सेकेण्डमा लगातार विस्फोट भइरहेकाले जीवन निकै कठिन भएको बताए ।

‘म त्यहाँ धेरै पटक आएको छु र मलाई थाहा छ के भइरहेको छ। भगवानले सिपाहीहरूलाई अगाडि बढ्न र घर फर्कने शक्ति दिनुहुन्छ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?