‘नेपाल अफ्रिका फिल्म फेष्टिबल’मा १२ देशका २२ फिल्म देखाइँदै

Read Time = 2 mins

काठमाडौं । ‘११औं नेपाल अफ्रिका फिल्म फेष्टिबल-२०२३’ मा १२ देशका २२ फिल्म देखाइने भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकास बोर्ड एवं विलक्षण क्रियसनको सहआयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमलस्थित नाचघरमा यो महोत्सव हुन लागेको हो ।

महोत्सव अध्यक्ष एवं कलेजकी प्रिन्सिपल डा.मञ्जु मिश्रका अनुसार यसपटक महोत्सवमा ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा बृत्तचित्र चयन भएका छन् भने नेपालबाट १२ वटा चलचित्र तथा बृत्तचित्र चयन भएको छन् । महोत्सव अफ्रिकन वस्तुका प्रदर्शन तथा अन्य विभिन्न कार्यक्रम रहेको पनि उहाँले जानकारी गराउनभुयो ।

महोत्सवका निर्देशक डब्बु क्षत्रीका अनुसार नेपालबाट चारवटा फिचर फिल्म, दुईवटा बृत्तचित्र, तीनवटा सर्ट फिल्म र तीनवटा स्टुडेन्ट फिल्म चयन भएका छन् ।

महोत्सव कोअर्डिनेतर तथा प्राजेक्ट म्यानेजर चिरञ्जीवी गुरागाईंको संयोजकत्वमा महोत्सवमा ‘नेपाली सर्ट फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ विषयमा अन्तक्र्रिया हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?