गायक तथा अभिनेता रोविन तामाङको निधन

Read Time = 2 mins

काठमाडौं । चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उहाँ मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला पर्नुभएको हो ।

प्रहरी प्रभाग बुढानीलकण्ठका अनुसार कोठाको ढोका लक भएको र उहाँ भित्र मृत भेटिनुभएको थियो । उहाँको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज बिहान दश बजे उनको शव पोष्टमार्टम हुनेछ ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त हुनुहुन्थ्यो । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गर्नुभएका उहाँको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उहाँको जन्म सिंगापुरमा भएको थियो ।

उहाँको निधनसँगै नेपालका चर्चित र रोविनको नजिक रहेर काम गरेका कलाकारहरूले पनि सामाजिक संजालमार्फत श्रद्धान्जली दिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?