संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो २ः३१ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्नेछ ।

आजको राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरु निणार्याथ प्रस्तुत गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?