अवरुद्ध बाटो खुलाउन आफै खटिए गाउँपालिका अध्यक्ष

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै बर्षाको कारण भत्केर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिका अध्यक्ष प्रेम लामा आफै लागि पर्नुभएको छ । चारदिन देखि अवरुद्ध भएको बाटो खुलाउन बुधबार विहानै अध्यक्ष लामा पालिकाको डोजर लिएर च्याछरा पुगेर बाटो खोल्ने काम गरिरहनुभएको छ ।

आज विहानै नाम्खा गाउँपालिकाको आफ्नै डोजरसहित बर्षा रोकिए पछि अध्यक्ष लामा अवरुद्ध बाटो खुलाउन सरदमुकाम सिमकोटबाट त्यस तर्फ जानुका साथै अहिले सोही ठाउँमा आफु स्वयं उपस्थिती भएर बाटो खोल्ने काम भइरहेको बताउनुभयो । द्रुत गतिमा अवरुद्ध भएको बाटोको निर्माण भईरहेको छ । पहिरो गएर अवरुद्ध भएको बाटो आजैबाट सुचारु हुने अध्यक्ष लामाले बताउनुभयो । यसबाटो भएर आवत जावत गर्ने हुम्लीवासीको करोडौंको क्षतीलाई जोगाउन र सहज गराउनको लागि यो बाटो तत्काल सुचारु गर्न आफु लागि परेको लामाको भनाई छ ।

नजिकै रहेको ताक्रुखोलामा गाडी खोलामा नै गुडाएर जानु पर्ने समस्यालाई पनि तत्काल हटाउनको लागि पनि काठेपुल बनाउन लागिएको लामाको भनाई छ । त्यहाँ हिल्सा सिमकोट सडक खण्डको मोटरेवल पुल वषौं अगाडी देखी बन्न लागेको भएता पनि हाल सम्म नबन्दा गाडी खोलाबाट नै वारपार गर्ने समस्या रहेको छ । वर्षातको समयमा पानीको बहाव बढ्ने भएको कारण गाडीलाई आवत जावत गर्न समस्या हटाउनको लागि काठे पुल बनाउन लागेको अध्यक्ष लामाले बताउनुभयो ।

उक्त बाटोबाट हरेक दिन ३ देखी ४ वटा यात्रुवाहक जिप आउने जाने क्रम रोकिएको आज ४ दिन भयो । बाटो नभएर नाम्खाका वासिन्दा मात्र होईन, हुम्लाका अधिकाँश वासिन्दा चिनको पुलाङ काउण्टी रोजगारीको लागि आउने जाने क्रम पनि रोकिएको छ । असार मसान्तको बेला जिल्लामा रहेको सरकारी कार्यालयमा योजना तर्जुमाको लागि रकम भुक्तानी लिन आउने नाम्खावासी पनि समस्यामा परेका छन् । हिँडेर सिमकोट आउनु पर्दा कामकाज ढिलो हुने र छुट्ने समस्या, यातायात व्यवसायी पनि दिनहुँ १ लाख देखी २ लाख सम्मको आम्दानी गर्नबाट वञ्चित भएका छन् ।

जनताको जिविकासँग प्रत्यक्ष असर पर्ने विभिन्न काममा तत्काल समाधान दिनु नाम्खा गाउँपालिकाको अध्यक्षको विशेषता रहेको स्थानियले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?