सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 3 mins

काठमाडौं । गत सातादेखि घट्दोक्रममा रहेको सेयर बुधबार पनि ३९.२६ अंकले घटेर २०४९.४४ अंकमा झरेको छ । बुधबार दुई सय ७७ कम्पनीका ८० लाख ९२ हजार नौ सय ६९ कित्ता सेयर तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैयाँमा कारोबार भएको छ । मंगलबार दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

१३ वटै समूहको परिसूचक घटेकोमा जीवन बिमा समूहगत परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ भने जलविद्युत् २.३३, लगानी २.१६, लघुवित्त २.१८, निर्जीवन बिमा २.७५ र अन्य २.३७ प्रतिशतले घटेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमूलक, उत्पादन तथा प्रशोधनमूलक र व्यापार समूहको परिसूचक घटेको छ । तर, नेप्से घटे पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । सिटिजन्स म्युचुअल फन्ड-२ को इकाईमूल्य ४.१७, प्रोगेसिभ फाइनान्स २.६७ र नेपाल फाइनान्सको सेयरमूल्य २.६६ प्रतिशतले बढेको छ ।

मोदी इनर्जी र बिपिडब्लु लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फण्ड-१ को इकाईमूल्य ७.९९, मन्दाकिनी हाइड्रोपावर ७.६९ र सिवाइसी लघुवित्तको सेयरमूल्य ६.०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्सको १६ करोड ४९ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९० लाख ८८ हजार, सोल्टी होटलको नौ करोड ५७ लाख ७४ हजार, स्वावलम्बन लघुवित्तको आठ करोड १४ लाख ७७ हजार र हिमालयन डिष्टिलरीको सात करोड ६१ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?