किभ । पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको नगरका प्रमुखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशंका गरिएको छ ।
रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ । करिब ५० वटा गाडीमा पनि क्षति भएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ ।
क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको बताउनुभएको छ । यद्यपि उहाँले कुन-कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिनुभएको छैन् । उक्त आक्रमणबारे रुसी सेनाले कुनै प्रतिक्रिया दिएको छैन । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच