कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्षका छोरा पक्राउ

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसीले नगरपालिकाका कर्मचारी माथि हातपात र गालीगलौज गरेको भन्दै प्रहरीले प्रकाउ गरेको छ ।

बिहीबार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात, र गालि गलौज गरेको भन्दै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कबिन्द्र बोहोराले जानकारी दिनुभएको छ ।

दिलिप केसीलाई प्रक्राउ गरेर सदरमुकाम मार्तडीमा ल्याएका छौ, पीडीतपक्षलाइ बोलाएर कानुनी कारबाहीका लागि अगाडि बढाइने प्रहरीले बताएको छ । एकपटक दुईपक्षबीच छलफल गरेर मात्रै अगाडि बढ्ने प्रहरी प्रमुख बोहोराले बताउनुभयो ।

योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै उनले कर्मचारीमाथि हातपात र गालीगलौज गरेको नगरपालिकाले जनाएको छ । केसीले पहिला फोनबाट पनि कर्मचारीलाई धम्काइरहेका थिए, पछि कार्यालयमै पुगेर हातपात र गालीगलौज गरेको कर्मचारीले बताए ।
कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारीमाथि आक्रमण गर्न खोजेको उपप्रमुख माया कुवँरले बताउनुभएको छ ।

इन्जिनियर साउदमाथि भने हातपात गरेको र शरीरको लुगा नै च्यातिदिएको कुवँरले बताउनुभयो । कसैले थर्काउँदैमा धम्काएपनि काम नभएको रकमको बिल नउठाउन र भुक्तानि नर्गन कर्मचारीलाई निर्देशन दिइसकेको समेत उपप्रमुख कुवँरले बताउनुभयो ।

यस बिषयमा हिमालय टाइम्सले पीडित प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रनाथसँग बुझ्न खोज्दा पीडितले आफू अहिले व्यस्त भएको र केही समयपछि जानकारी दिने प्रतिक्रिया दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?