भेटेरिनरी पब्लिक हेल्थ एसोसिएसन गठन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भेटेरिनरी पब्लिक हेल्थ एसोसिएसन नेपाल दर्ता भएको छ । नेपाल भेटेरिनरी एसोसिएसन (एनभिए) को भ्रातृ संगठनका रूपमा काम गर्दै आएको एसोसिएसन बुधबार विधिवत दर्ता भएको एसोसिएसनका अध्यक्ष डा. मुकुल उपाध्यायले जानकारी दिनुभएको हो ।

एनभिएको विधानमा भ्रातृ संगठनका रूपमा दर्ता भएर विषयगत समाज गठन गर्न सकिने र त्यसका लागि कुल सदस्यको तीन प्रतिशतले केन्द्रीय कार्यसमितिमा निवेदन दिनुपर्ने प्रावधान छ । सोही व्यवस्थाबमोजिम एसोसिएसन दर्ता भएको उहाँले बताउनुभयो ।

संस्थाको उपाध्यक्षमा डा. सुजन राना, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः डा. सुरेन्द्र कार्की, डा. चन्दा श्रेष्ठ र डा. आनन्दकुमार सिंह रहेका छन् भने सदस्यमा डा. नवीन पौडेल, डा. शिखा रिमाल, डा. सुरज सुवेदी र डा. तपेन्द्रप्रसाद बोहोरा रहेका छन् । नवगठित एसोसिएसनले आगामी सेप्टेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?