वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार वन रक्षकको परीक्षा दिने तीन नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रहरीले लोकसेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजात जाँच गर्ने क्रममा तीन जना नक्कली परीक्षार्थीलाई प्रकाउ गरेको हो ।

परीक्षार्थीको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना प्रकाउ परेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?