कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियाशील सदस्य नवीकरण गर्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही २३ असार नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत क्रियाशील सदस्यता नवीकरण गर्ने भएको छ ।

कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितीको बैठकले केन्द्रको नीति अनुरुप यही साउन ६ गतेदेखी अनलाईन मार्फत कृर्यासिल सदस्यता नवीकरण गर्ने निर्णय गरीएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिनुभयो ।

अनलाईन सदस्यता नविकरणको सुविधाकालागी पार्टी कार्यालयमा प्राबीधीक टिमको समेत ब्यबस्था मिलाईएको उहाँले बताउनु भयो।
त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फतनै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत साधारण सदस्यता बिश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यबस्था मिलाईएको छ । अनलाईन मार्फत साधारण सदस्यता लिएको एक बर्षपछि कृर्यासिशल सदस्य बन्न पाउने ब्यवस्था गरीएको छ ।

यस्तै यही साउन ६ गते नै ४२ औं बिपी स्मृती दिवसको अवसर पारेर बृक्षारोपण पनि गरीने भएको छ । महामानव बिपीको स्मृतीमा रुपन्देहीको तित्तोतामा बडा नं ११ स्थति भुपु सैनिक सखौरा हरियाली बन क्षेत्रमा बिहान ८ बजेदेखी बृक्षा रोपण गरीने भएको हो । बिपीको स्मृतीमा कांग्रेस रुपन्देहीले प्रत्येक बर्ष बृक्षारोपण गर्दै आएको छ ।

त्यस्तै जारी बडा, नगर, पालीका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय पनि गरीएको सचिव हरि काफ्लेले बताउनु भयो । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी कांग्रेस रुपन्देहीकी उपसभापति असनिता शाह ढुंगानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?