अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गुराँस’प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गुराँस’प्रदर्शन भएको छ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा प्रदर्शन भएको हो । सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान सहभागी हुनुभएको थियो ।

महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको उहाँले प्रतिक्रिया दिनुभयो । ‘यहाँ धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ’, उहाँले भन्नुभयो, ‘गुराँस पनि यहीँ हेरेँ ।’ चलचित्र गुराँसमा उहाँ आमाको भूमिकामा हुनुहुन्छ ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रमा सौरभ राईको लेखन र निर्देशन छ । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा देखिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?