लाखबत्ती बालेर १७औं संस्करणको मिस नेवाः शुभारम्भ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लाखबत्ती बालेर मिस नेवाःको शुभारम्भ गरिएको छ । यस वर्षको मिस नेवाः नेपाल लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै सुभारम्भ गरिएको हो । नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीहरूबीचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीहरूले राजधानीको इन्द्रचोकस्थित आकाश भैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको हो ।

१७औं संस्करणको यस वषको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट १७ नेवार युवतीले सहभगीता जनाएका छन् । आयोजक संस्था नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि उक्त प्रतियोगिता आयोजना गरिँदै आएको बताउनुभयो । नेवार भाषा, कला, संस्कृति र संस्कारको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने पनि उहाँले जानकारी गराउनुभयो ।

नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भका अवसरमा मिस नेवाः नेपाल र मिस लिटिल नेवाःका विजयी तथा प्रतियोगीहरूले पब्लिक केयर सेन्टर पिस नेपाल, महालक्ष्मीस्थान र विवेक स्वच्छ सेवा केन्द्र, अनामनगरमा खाद्यान्न तथा शैक्षिक सामग्री पनि प्रदान गरेका छन् । मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले ताजका साथ पुरस्कारका स्वरूप एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?