सेयर बजारमा सुधारको संकेत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर बजार फेरि सुधारको लयमा फर्किएको छ । यस दिन नेप्से सूचक २८।३८ अंकले बढेर २०७७.७६ विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि गत साता नेप्से २ दिन लगातार घटेको थियो । तर आइतबार बजार पुनः वृद्धिको क्रममा देखियो । अब विस्तारै असार मसान्तको प्रभाव कम हुँदै जाने संकेत देखिएको छ । धेरै जसो लगानीकर्ताले मसान्तको साँवा–ब्याज तिर्न रकम जोहो गरिसकेको अनुमान गरिएको छ ।

यस दिन २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६  कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँ कारोबार भएको छ । १८ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?