तिला गाउँपालिकाद्वारा लक्षित वर्गलाई ग्यास चुलो वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले वडा नम्बर १,२ र ८ वडा भित्रका १५५ जना लक्षित वर्गलाई ग्यास चुलो वितरण गरेको छ ।

गाउँपालिकाको बजेटबाट लक्षित वर्ग अन्तर्गत सो वडाका दलित समुदायलाई आइतवार ग्यास चुलो र सिलिण्डर वितरण गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

' गाउँपालिकाको प्रमुख प्रथामिकता भनेको लक्षित वर्गलाई चाहिने सिपमुलक तालिम र उत्पादनमूलकमा जोड्का लागि यो वर्षबाट निति तथा कार्यक्रमबाट विशेष बजेटको व्यवस्थापन समेत गरेका छौँ।' उपाध्यक्ष बुढाले भन्नुभयो ,'ग्यासको सहि सदुपयोग गर्ने तपाईंहरुको महत्त्वपूर्ण जिम्मेवारी रहेको छ । अर्को पटक अरुवडाका लक्षित वर्गलाई त्यस्ता कार्यक्रम समेटेर लिएर जाने छाैँ ।' दाउराको धुवाँले गाउँका महिलालाई स्वास्थ्यमा असर समेत पारेको हुन्छ । खाना र खाजा बनाउन सजिलो र सहज हुने भएकोले यहाँका लक्षित वर्ग अन्तर्गतका दलित समुदायलाई ग्यास चुलो र सिलिण्डर प्रदान गरेको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । आर्थिक बर्ष २०८०/८१को नीति कार्यक्रम र बजेटमा लक्षित वर्गका समुदायको जनहितमा राहत हुने जस्ता कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाइ छ ।

गाउँपालिकाले यहाँका लक्षित वर्गका लागि जनमुखी कार्यक्रम ल्याएकोमा पालिकालाई धन्यवाद तथा आगामी बर्षको लागि सहयोगको अपेक्षा समेत राखेको कार्यापालिका सदस्य धन बहादुर नेपालीले बताउनुभयो । हाम्रो समस्या बुझेर ग्यास चुलो र सिलिण्डर दिएकोमा स्थानीय सरकारले जनताको मर्म र भावना अनुसार काम गरेकोमा तिला गाउँपालिकाले नमुना काम गरेको तिला गाउँपालिका -१ का स्थानीयवासी कासीकला नेपालीले बताउनुभयो ।
कार्यक्रमको संचालक तिला गाउँपालिका प्रशासन शाखाका प्रमुख खड्का रावतले गर्नुभएको थियो । उत्त कार्यक्रममा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडाध्यक्ष, कर्मचारी र पत्रकारको सहभागी रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?