भ्रष्टहरुले अहिले भ्रष्टाचार विरोधी अभिनय गरिरहेका छन् : अध्यक्ष ओली

'भित्तामा हानेको भकुण्डो आफैँतिर आएपछि थाहा पाउँछन्'

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको भ्रष्टाचार सम्बन्धि अनुसन्धानलाई भ्रष्टहरुले भ्रष्टाचार विरोधी अभिनय गरिरहेको आराेप लगाउनु भएकाे छ ।

मंगलबार नेकपा एमाले वाग्मती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । जनतालाई भ्रम छरेर केही बेर वाही वाही कमाए पनि त्यो भित्तामा हानेको भकुण्डो आफैँतिर आइलाग्ने अध्यक्ष ओलीको भनाइ थियो ।

नेकपा एमाले अभियानभन्दा माथि उठेर देश र जनताको हित प्रति निष्ठावान् भएर लाग्नु पर्ने ओलीले बताउनुभयो । ‘त्यस निष्ठाका साथ अघि बढ्यौँ भने हामीले अझ बढी सफलता प्राप्त गर्न सक्छौँ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले उच्च मनोबलका साथ सुन्दर भविष्य तर्फ अघि बढेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले एमालेका अगाडि केही चुनौती भए पनि यस्ता धेरै चुनौती र व्यवधान देखेर र पार गरेर आएको बताउनुभयो ।
‘हाम्रा विरुद्ध चौतर्फी घेराबन्दी, षडयन्त्र र आक्रमण, त्यो पनि हामीले देख्यो, हामी यति बेला ती सबै कुरा पराजित गरेर यो ठाउँमा आइपुगेका छौँ, केही नभए पनि सिद्धाउनको लागि बनाइएको चक्रव्यूहबाट निस्किँदा नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय प्रमुख पार्टीको रूपमा देखा परेको छ’, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीलाई राणा, कांग्रेस र पञ्चायतले उठ्नै नदिने गरी विभिन्न खालका प्रतिबन्ध लगाउँदा पनि कम्युनिष्ट पार्टी सबै कुरा छिचोलेर आएको उहाँले स्पष्ट पार्नुभयो । बहुदल प्राप्ति पछि पनि एमालेलाई उठ्न नदिन कांग्रेसले एकै पटक ३० हजार कार्यकर्तालाई मुद्दा लगाएको ओलीले बताउनुभयो ।

घरै भित्र सर्प पालेको कारण उनीहरूले डस्न खोजेका भए पनि कार्यकर्ताले अलिअलि धुवाँ लगाइदिँदा उनीहरू भागेका भन्दै ओलीले माधव नेपाल र झलनाथ खनाल प्रति व्यङ्ग्य गर्नुभयो । ‘आज फेरि नेकपा एमाले मजबुत अवस्थामा छ र यस पार्टीलाई कसैले सिद्धाउँछु भन्ने कुरा त परै छाडिदिऊँ, यसलाई कमजोर पार्छु भन्ने दुष्साहस गर्छ भने त्यो उसको दुष्साहस मात्र हुने छ’, उहाँले भन्नुभयो ।

गएको निर्वाचनमा वाग्मती प्रदेशमा एमालेको राम्रो परिणाम नआएको बताउँदै ओलीले नेता, कार्यकर्तामा खटाइको कमी भएकै कारण सो परिणाम आएको बताउनुभयो । अब त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टीका आन्तरिक कमी सच्याउन जरुरी रहेको उहाँले बताउनुभयो ।

साथै अध्यक्ष ओलीले एमालेलाई सरकारमा जान कुनै हतारो नभएको बताउनुभएको छ ।

‘ हामीलाई सकारमा जान हतारो नभएको मात्र होइन, अहिले सरकार तिर हेरको पनि छैनौँ, त्यतातिर सोचेका पनि छैनौँ, हामी ग्रास रुटमा लाग्यो, अब मिसन ८४, मिसन ५१ प्रतिशत यतातिर लागेका छौँ’, ओलीले भन्नुभयो ।

अहिलेको गठबन्धन सामन्तीको पक्षमा रहेकोले नियतवश मिटरब्याजी विरुद्धको ऐन ल्याउन नचाहेको उहाँले बताउनुभयो ।
आफू ऐन ल्याउन नचाहने तर दोष प्रतिपक्षलाई लगाउने प्रयत्न गठबन्धनले गरेको अध्यक्ष ओलीले बताउनुभयो । विधि प्रक्रियाबाट ऐन ल्याऊ भन्दा म सबैलाई तह लगाउँछु भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ माइतीघरमा पुगेको भन्दै ओलीले आलोचना गर्नुभयो ।

एमालेका आन्तरिक, बाह्य, कूटनीति, अर्थनीति लगायतका सबै नीति स्पष्ट भएको ओलीले बताउनुभयो । एमाले तीनै नीति कार्यान्वयनको प्रयासमा रहेको उहाँको भनाइ थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?