काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा र नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहकारीको आयमूलक तालिम सञ्चालनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा उनीहरू विरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनु भयो ।
सहायक प्रवक्ता थपलियाका अनुसार अधिकृत झाले आर्थिक वर्ष २०७८र०७९ मा सहकारीको आय मूलक तालिम सञ्चालन नगरी एवं प्रक्रिया नपुर्याई पेस्की दिएको, नक्कली बिल भरपाई पेश गरी पेस्की रकम फर्छ्यौट गरेको पाइएको थियो ।
साथै उनले अस्वाभाविक रुपमा बढी मूल्य तिरी झोला खरिद गरेको देखाई बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध ७ लाख एक हजार तीन सय ८० रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना असुलउपरको मागदाबी गरेको छ ।
यस्तै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर कुमारीले आफू र प्रतिवादी झालाई गैरकानूनी लाभ पुर्याउनका लागि बढी मूल्य तिरी झोला खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।
आयोगले प्रोप्राइटर कुमारीविरुद्ध तीन लाख ६८ हजार ८८० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष शाहविरुद्ध भ्रष्टाचार मुद्दा
यता, आयोगले झापाको झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जयनारायण शाहसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, सबइन्जिनियर विज्ञान चम्लागाईं, वडा नम्बर ६ का अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का अध्यक्ष मोतीलाल गणेशलाई पनि प्रतिवादी बनाइएको छ ।
उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवी सुब्बाविरुद्ध पनि अभियोग दायर भएको छ ।
झापा गाउँपालिकाअन्तर्गत लक्ष्मीमार्ग सडक खण्डको हनुमानचोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाउन विनियोजन भएको बजेट हिनामिना गरिएको आरोप उनीहरूमाथि लगाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच