कीर्तिमान बनाउन चुके सोम        

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धावक सोमबहादुर कुमाल नयाँ राष्ट्रिय कीर्तिमान बनाउनबाट चुक्नुभएको छ ।

थाइल्याण्डमा सुरु भएको २४औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा बुधबार पुरुष ४ सय मिटर दौडमा उहाँ १ मिली सेकेण्डले राष्ट्रिय कीर्तिमान बनाउनबाट चुक्नुभएको हो ।

सोमले निर्धारित दूरी ४८.३३ सेकेण्डमा पूरा गर्नुभयो । ४ सय मिटर दौडको राष्ट्रिय कीर्तिमान आशाराम चौधरीको नाममा छ ।

आशारामले ३३ वर्षअघि (सन् १९९० मा) चीनको बेइजिङमा ४८.३२ सेकेण्डको (इलेक्ट्रोनिक) कीर्तिमान बनाउनुभएको थियो ।

यो कीर्तिमानलाई सोमले गत असोज र कात्तिकमा गण्डकी प्रदेशको पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा तोडे पनि त्यो (हृयाण्ड टाइमिङ) मा थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?