पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या

हिमालय टाइम्स
Read Time = 1 min

बेङलुरु । बेङलुरु निजी प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशकको सोही कम्पनीमा काम गरेका एक जना पूर्वकर्मचारीले हत्या गरेका छन् । एरोनिक मिडिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विनु कुमार र प्रबन्ध निर्देशक (एमडी) पानिन्द्र सुब्रमण्यको पूर्वकर्मचारीले तरबार प्रहार गरेर मारेकाे प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार फेलिक्स भनेर चिनिने अभियुक्त पूर्वकर्मचारीले एरोनिक मिडियाको कार्यालयमा पसेर आफ्ना पूर्वहाकिममाथि तरवारले प्रहार गरेका थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनापछि फरार आक्रमणकारीको खोजी भइरहेको छ । रासस/एएनआई

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?