काठमाडौं
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा. अम्बिका अर्यालद्वारा लिखित ‘उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्यो । यसको उद्घाटन विशेष अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गर्नुभयो ।
समालोचक डा. अम्बिका अर्यालले कार्यपत्र प्रस्तुत गर्नुभयो । यस अवसरमा उहाँले उत्तरवर्ती उपन्यासबाट प्रस्फुटित नारीवादी चेतना, जनजातिमा आएको चेतना, वर्गीय विभेद, जातीय छुवाछूत, सांस्कृतिक विविधता, मधेसी चेतनाको सौन्दर्य, विधाभञ्जन तथा विधामिश्रण, आञ्चलिकता, महामारी र प्रलय, जनजातिको चेतना, सूत्रात्मक, दृष्टिकोण विन्दुको स्थानान्तरण, स्वैरकाल्पनिक, माक्र्सवादी र नवमाक्र्सवादी चिन्तनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
कार्यपत्रमा उपन्यास लेखनको बढ्दो चुनौती भूमण्डलीकरण, सञ्चार तथा सूचना प्रविधि, पहिचानका बारेमा सजगता अपनाउँदै उपन्यास लेख्नुपर्ने र एकपक्षले उपन्यास लेख्दा अर्को पक्षलाई चोट पुग्नु नहुने, अधिकारको खोजीमा देश, स्वत्व र पहिचान, भौगोलिक विभेद स्थानीयता, माक्र्सवादी उपन्यासमा देखिएको विचलन, सौन्दर्य, कुरूपता, भर्चुल संसारबारे उपन्यास लेखिनुपर्ने थप धारणा कार्यपत्रमा आएको छ । यस्तै नेपाली उपन्यासको मौलिकता र राष्ट्रियतालाई ओझेलमा नपारी उदासिनताबारे पनि उपन्यास लेख्न सक्नुपर्ने कार्यपत्र प्रस्तोता डा. अम्बिका अर्यालले बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले अध्ययनको सजिलोका लागि उत्तरवर्ती चरण भनिए पनि यसका बारेमा थप बहस गर्न सकिन्छ । माक्र्सवादी उपन्यासले यथार्थको प्रकटीकरण गर्दछ । साथै, उपन्यासमा वर्ग संघर्ष र जनयुद्धको सौन्दर्यकरण गर्नुभनेको माक्र्सवादी दृष्टिकोण राख्नु हो भन्ने धमरण व्यक्त गर्नुभयो । यसैगरी प्रज्ञा-प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य डा. मधुसूदन गिरीले उपन्यास लेखनको उत्तरवर्ती चरण, प्रवृत्ति, परिघटना र वर्गीकरणका आधार स्पष्ट हुनुपर्ने बताउनुभयो ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य त्रैलोक्यमान बनेपाली (अगिव) ले स्वागत तथा उद्घोषणका क्रममा नेपाली उपन्यासमा देखिएका अनेकौं प्रवृत्तिको चरणबद्ध अध्ययन र अनुसन्धान हुनुपर्छ । त्यसले मात्रै सैद्धान्तिक निखार र प्रष्टता आउनेछ बताउनु भयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रकाश तिवारीले उपन्यासकारले अरूका कुरा पनि भन्न सक्छ र आवाजविहीनका आवाजलाई पनि बोक्न सक्ने धारण राख्नुभयो ।
यसैगरी कार्यपत्रमाथि टिप्पणी गर्दै प्राडा.मोहनप्रसाद लोहनीले उपन्यासको उत्तरवर्ती क्षेत्र असीमित छ, तापनि नेपाली उपन्यासले समाजका विषयलाई चासो दिए पनि समसामयिकतामा केही उदासिनता राखेको बताउनुभयो । यस्तै कार्यक्रमका सहभागी वामदेव अधिकारीले स्रष्टाहरूले विविध विषयमा उपन्यास लेखेको कुरा आयो । कार्यपत्रले जनयुद्धको सौन्दर्यकरण र विद्रुपीकरण दुवैको चर्चा गर्छ तर खास कर्तव्यका लागि उपन्यासकारले के गर्नुपर्छ भन्ने उल्लेख नरहेको बताउनुभयो ।
अर्का सहभागी षडानन्द पौडेलले कतिपय आञ्चलिकता भनिएका उपन्यासमा आञ्चलिकताको विशेषता नै छैन । आञ्चलिकता हुनलाई समग्र विशेषता आउनुपर्छ भन्नुभयो । यस्तै यज्ञेश्वर निरौलाले माक्र्सवादी र गैरमाक्र्सवादी उपन्यासकारका उत्तरवर्ती चरणलाई प्रष्ट पार्नुपर्ने बताउनुभयो । यसैगरी सरोजदिलु विश्वकर्माले उपन्यास हो भन्दैमा उपन्यास हुन्छ भन्न सकिँदैन । जसका लागि सैद्धान्तिक प्रष्टता हुनुपर्छ र अधिकारको कुरा आउँदैमा कोही तर्सिनु नहुने बताउनुभयो । प्रस्तुत गोष्ठीका सहभागी डा.जीवन श्रेष्ठले यथार्थ, सामाजिक र जातीय पृष्ठभूमिको उपन्यास लेखन जनयुद्धको प्रभाव हो । जसमा सैद्धान्तिक र व्यावहारिक विषयका दृष्टिकोणले माओवादी जनयुद्ध र उत्तरआधुनिकताको असर प्रष्ट छ भन्नुभयो ।
यसैगरी सिर्जनशील लेखन समाजका अध्यक्ष प्रा. डा. राजनप्रसाद पोखरेलले ‘उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको समापन गर्दै चरणबद्ध उपन्यासका विविध पक्षलाई केलाउने प्रयास गरेको छ । माक्र्सवादी आन्दोलन र अभियानले सत्ता प्राप्ति गरे पनि आंशिक उपलब्धिमात्र भएको र यसको स्वरूप र चित्रण पनि उपन्यासमा आउनुपर्ने बताउनुभयो । यसैगरी उहाँले नेपाली साहित्यका उत्कृष्ट कृतिको अनुवाद गरेर विश्व बजारमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच