जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्कीसमेत ९ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?