सप्तरीमा एमाले नेता सवार गाडी दुर्घटना, पाँच जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि राजविराज लगिएको छ ।

एमाले जिल्ला कमिटीको बैठकका लागि उहाँहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?