पिएसजीलाई पराजित गर्दै म्युनिख क्वाटरफाइनलमा

Read Time = 2 mins

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । योसँगै म्युनिखसँग दुवै लिगमा पराजित भएको पिएसजी अन्तिम १६ बाटै बाहिरिएको छ ।

बुधबार राती भएको दोस्रो लिगमा पिएसजी घरेलु टोली बायर्नसँग २-० ले पराजित भयो । पहिलो लिगमा पिएसजी १-० ले पराजित भएको थियो । बायर्नको जितमा एरिक म्याक्सिम चुपो मोटिङ र सर्ज नाब्रीले गोल गर्नुभयो । ६१औँ मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १-० को अग्रता दिलाउनुभयो । त्यसपछि ८९औँ मिनेटमा सर्ज नाब्रीले गोल गर्दै बायर्नको २-० को जित पक्का गराउनुभयो ।

यता, इटालियन क्लब एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्‍यो । उसले इंग्लिस क्लब टोटेनहम हटस्परलाई दोस्रो लिगमा गोलरहित बराबरीमा रोक्दै समग्रमा १-० को जितसँगै सन् २०११-१२ पछि पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?