रास्वपा र राप्रपाद्वारा नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको विरोध, १५ मिनेटका लागि संसद् बैठक स्थगित (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ ।

राप्रपा र रास्वपाका सांसदले रोष्ट्रम घेराउ गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको हो ।

कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गर्नुभएको थियो ।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुखले दिनुभएको थियो । तर, रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो ।

सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुख देवराज घिमिरेले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?