मार्केटालाई टेनिस उपाधि

Read Time = 1 min

लण्डन । मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जित्नुभएको छ । वरीयताविहीन खेलाडी मार्केटाले ओन्स जाबेउरलाई हराउँदै वरीयताबिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बन्नुभएको छ । चोटका कारण पछिल्लो सिजन ६ महिना कोर्टबाहिर रहनुभएकी २४ वर्षकी वोन्ड्रोसोवा विश्वको ४२औँ स्थानमा हुनुहुन्छ ।

चेक खेलाडीले सन् २०२२ की उपविजेता जावेउरलाई ६-४ र ६-४ ले हराउँदै महिला सिंगलमा उपाधि जित्नुभएको हो । छैटौँ वरीयताकी २८ वर्षकी जावेउरले तीनवटा मुख्य प्रतियोगिताको फाइनल गुमाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?