वाणिज्य बैंकका थप ११ शाखा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशका विभिन्न स्थानमा थप ११ शाखा विस्तार गरेको छ । सिरहाको गोलबजारदेखि बैतडीको शाखा कार्यालय पाटनमा बैंकले शाखा विस्तार गरेको हो ।

बैंकले दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ ।

पछिल्लो शाखासँगै बैंकका शाखा संख्या २८२ पुगेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र तीनवटा शाखा कार्यालयसहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?