थाइल्याण्डमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच साइडलाइन भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  थाइल्याण्डमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्ड पुगेका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै जानकारी दिनुभएको हो । उहाँले  आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?