प्रहरीद्वारा ८ लाख बराबरको अवैध सामानसहित ट्रक बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । अवैध रुपमा भन्सार छलेर नेपाल ल्याएको सामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित प्रहरीले ट्रक र ट्रक चालकलाई पनि नियन्त्रणमा लिइएको हो ।

सोमबार बिहान सवा ८ बजेको समयमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर ५ वाइपासमा प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा रहेका ५ जनाको प्रहरी टोलीले चेक जाँचको क्रममा सामानसहित ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।

सोही क्रममा लु १ ख ६९०२ नम्बरको ट्रकमा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा एक लाख ७६ हजार ६४० रुपियाँ बराबरको चुरेल (मिठाई) ९२ बोरा, र ट्रकको अन्दाजी मूल्य ६ लाख गरी जम्मा ७ लाख ७६ हजार ६४० रुपियाँ बराबरको सामान फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त सामान, ट्रकसहित चालक जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा न ५ बस्ने वर्ष ४० को मोहमद धानी पठानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?