खोटाङमा लिची उत्पादन बढ्दा आँपको उत्पादन घट्यो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङमा लिची उत्पादन बढेको छ । आर्थिक वर्ष २०७८/२०७९ को तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा ५ मेट्रिक टनले लिचीको उत्पादन बढेको हो ।

आर्थिक वर्ष २०७८/२०७९ मा १४८ मेट्रिक टन लिची उत्पादन हुँदा आर्थिक वर्ष २०७९/२०८० मा १५३ मेट्रिक टन लिची उत्पादन भएको छ ।
जिल्लाभर १५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाईएको लिचीले मात्रै उत्पादन दिंदै आएको छ ।

लिचीमा सुलसुले लाग्ने र फलको भेट्नुमा गबारो लाग्ने गरेको कृषकहरु बताउँछन् । लिचीलाई सुलसुले किरा तथा गबारोबाट बचाउन भर्खरै सकिएको आर्थिक वर्षमा बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीले रावाबेंशी गाउँपालिकामा तीनवटा स्प्रेयर र विषादी वितरण गरेको थियो ।
जिल्लाको कुभिण्डे, खार्पा, हौचुर, दुबेकोल, डुम्रेधारापानी, बुईपा, बिजयखर्क, महादेवस्थान, धितुङ लगायतका स्थानमा व्यवसायिक रुपमा लिची खेती हुदै आएको छ ।

यस्तै, खोटाङमा गतवर्षको तुलनामा यसवर्ष आँपको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८/२०७९ मा १९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/२०८० मा १८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । किरा लाग्नाले आँपको उत्पादन घटेको हो ।
जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिए पनि ५९ हेक्टर क्षेत्रफलमा लगाईएको आँपले मात्रै उत्पादन दिंदै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?