सेयर बजार निरन्तर बढ्दो क्रममा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साताको सुरुदेखि बढ्दो क्रममा रहेको सेयर बजारमा मंगलबार पनि ९.९१ अंक बढेर २१५४.०७ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्ससमेत ३.०४ अंक बढेर ४०७.१३ अंकमा पुगेको छ । यस दिन दुई सय ५५ कम्पनीका ८६ लाख ७६ हजार कित्ता सेयर तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो दिन दुई अर्ब ५६ करोडको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये सात बढेका छन् भने छ घटेका छन् । निर्जीवन बिमाको सर्वाधिक १.५५ प्रतिशत, बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक पनि एक प्रतिशतभन्दा बढीले बढेको छ भने होटल तथा पर्यटन सर्वाधिक १.४५ प्रतिशतले घटेको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाकोे १० प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशतले सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शुभम् पावर ८.८९ र युनिलिभर नेपालको सेयर मूल्य ८.३९ र उपकार लघुवित्तको ६.७८ प्रतिशतले बढेको छ । तर, सानिमा लर्ज क्याप फण्डको इकाई मूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ । ग्लोलब आइएमई ब्यालेन्स्ड फण्ड-१ को ४.६३, सिटिजन म्युचुअल फण्ड १ को इकाईमूल्य ४.११ प्रतिशतले घटेको छ ।

स्वावलम्बन लघुवित्तको २१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको करिब १८ करोड र हिमालयन लाइफ इन्स्योरेन्सको साढे १५ करोडभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?