मनास्लुलाई बास्केटबल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक मनास्लु वल्र्ड कलेजले तेस्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१-१४ ले पराजित गर्‍यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गर्नुभयो । मनास्लुकै तुसार महर्जनले ६ तथा कोशिस भुजेलले चार अंक जोड्नुभयो । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गर्नुभएको थियो ।

उपाधिसंगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पार्‍यो भने युजेएले सात हजार नगद पुरस्कार पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।

विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । एकदिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?