विमानस्थलबाट झण्डै सय किलो सुन बरामद

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै सय किलो सुन बरामद भएको भएको छ ।

राजश्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार झण्डै सय किलोभन्दा धेरै सुन बदामद गरिएको हो । बुधबार राती बरामद गरिएको सुन अहिलेसम्मकै ठूलो परिणामको रहेको अनुमान गरिएको छ ।

सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरिएको हो । स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागका एक अधिकारीले बताएका छन् ।

हङकङबाट ल्याइएको सुन विमानस्थल भन्सार कार्यालयको बाहिर बरामद गरिएको हो । सुनसँगै भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालक पक्राउ परेका छन् । सुन तस्करीको नाइकेको खोजी सुरु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत् काठमाडौं आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?