एसिया कप : नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले एसिया कपमा पहिलो खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिलले घोषणा गरेको खेल तालिकाअनुसार आगामी भदौ दोस्रो साताबाट सुरु हुने एसिया कपको उद्घाटन खेल नै नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल भदौ १३ गते पाकिस्तानको मुल्तानमा हुनेछ । यसपल्ट एसिया कप पाकिस्तान र श्रीलंकामा हुँदैछ । लगत्तै नेपालले अर्को खेल भारतसँग श्रीलंकाको काड्नीमा भदौ १८ गते खेल्दैछ ।

एसिया कपको नेपाल समूह ‘ए’ मा छ । नेपालसँगै समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरका खेल ६ सेप्टेम्बरदेखि १५ सम्म हुनेछन् । सुपर फोरको एक खेलमात्रै पाकिस्तानमा हुनेछ । अन्य सबै श्रीलंकामा हुनेछन् ।

सुपर फोरमा शीर्ष दुईमा रहने दुई टोली १७ सेप्टेम्बरमा फाइनलमा भिड्नेछन् । लाहोरमा एकमात्रै सुपर फोरको खेल हुनेछ । अन्य सबै सुपर फोर र फाइनल लाहोरमा हुनेछ । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि खेलहरू श्रीलंकामा हुनेछन् ।

भारतको जित
भारत ‘ए’ ले एसिसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ माथि आठ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै भारत समूह ‘बी’को विजेता र पाकिस्तान उप-विजेताका रूपमा सेमिफाइनल खेल्ने भएका छन् । जितका लागि २०६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३६.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको जितमा साई सुदर्शनले ११० बलमा १० चौका र तीन छक्कासहित १०४ रनको शतकीय इनिङ खेल्नुभयो ।

त्यसबाहेक भारतका निकिन जोन्सले ६४ बलमा सात चौकासहित ५३, अभिषेक शर्मा २० र यश धुलले २१ रन बनाउनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४८ ओभरमा सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । पाकिस्तानका कसिम अक्रमले ६३ बलमा पाँच चौकासहित ४८, मुबसिर खान २८, मेहरान २५, हसिबउल्लाह खान २७ र शहिबाजादा फहरानले ३५ रन बनाउनुभयो ।

भारतका युवा तथा तीव्रगतिका बलर राजवर्धन हंगगेकारले आठ ओभरमा एक मेडनसहित ४२ रन खर्चेर पाँच विकेट लिनुभयो । मानव सुथारले तीन र रियान पराग र निशान्त सिन्धुले समान एक विकेट लिनुभयो । भारतले सेमिफाइनल खेलमा बंगलादेश तथा पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल खेल शुक्रबार र फाइनल आइतबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?