प्रदेशले भलिबलले सोध्यो जिल्लालाई स्पष्टीकरण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कोशी प्रदेश भलिबल संघले यही जेठ २९ गतेदेखि ३२ गतेसम्म भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको संयोजन गरेको जिल्ला भलिबल संघ सुनसरी, राष्ट्रिय रेफ्री, प्रशिक्षक, प्रदेश रेफ्री र खेलाडीहरूलाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेपछि बोर्डले संघलाई त्यस विषयमा स्पष्टीकरण सोधेको हो ।

बोर्डले संघलाई स्पष्ट पार्न भन्दै लेखेको छ, ‘कोशी प्रदेश भलिबल संघले कुन निकायबाट अधिकार पाएर उनीहरूलाई स्पष्टीकरण सोध्यो ?’ त्यस्तै, बोर्डले संघलाई सोधेको छ, ‘प्रदेश सरकार खेलकुद विकास बोर्डले आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रयोग गरिएका रेफ्री, कोच र खेलाडीहरूलाई कारबाही गर्ने अधिकार त्यस संघलाई कसले दिएको हो ? प्रदेश भलिबल संघले उल्लेख गरेका रेफ्रीहरूको रेफ्री कमिसन नामको संस्थाको आधिकारिकता तथा दर्ता प्रक्रिया कुन निकायले कहिले गरेको हो ?’

यसैबीच, प्रतियोगितामा प्रदेशबाट सहभागी भएका राष्ट्रिय रेफ्रीहरू, भलिबल कोच, तथा कोशी प्रदेशका राष्ट्रिय महिला भलिबल खेलाडीहरूको नामै किटान गरी संघले मनोबल गिराउने र अपमान गर्नेगरी खेलकुदमा प्रतिबन्ध लगाएकोमा बोर्डले आपत्ति जनाएको छ ।

प्रदेश सरकारले गरेको प्रतियोगितामा सहभागीलाई प्रतिबन्ध लगाउने कानुनी छुट संघलाई नभएको हुँदा तीन दिनभित्र बैठक बसी सो प्रतियोगितामा संलग्न सहभागी कोशी प्रदेशका उल्लेखित व्यक्तिलाई सम्बोधन गरी संघको तर्फबाट क्षमायाचनासहितको पत्र बोर्डमा पेश गर्न सदस्यसचिव वाग्लेले निर्देशन दिनु भएको छ ।

त्यस्तै, दमकमा रहेको कोशी प्रदेश भलिबल तालिम केन्द्रमा प्रशिक्षण गराउँदा अब उप्रान्त नेपाल भलिबल संघको सहमति र प्रदेश खेलकुद विकास बोर्डको निर्देशनमा मात्र प्रशिक्षण गराउन निर्देशन गरिएको छ । दमकमा खेलाडी प्रशिक्षण गराउन बोर्डसँग अनुमति लिइए पनि प्रशिक्षणमा संलग्न प्रशिक्षकहरूको आधिकारिकता र खेलाडीप्रति गरिने व्यवहारका बारेमा उजुरी परेको हुँदा सो विषयमा स्पष्ट पार्न पनि बोर्डले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?