ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

Read Time = 1 min

मियामी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरूपयोग गरेको अभियोगमा अर्को वर्षको मे महिनामा मुद्दाको सुनुवाइ सुरु हुने भएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे २० देखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाइ सुरु गर्न आदेश दिनुभएको हो ।

अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए भने ट्रम्पका प्रतिरक्षामा उत्रिएका वकिलहरूले नोभेम्बर २०२४ को राष्ट्रपति चुनावपछि यो मुद्दा सञ्चालन गर्न अनुरोध गरेका थिए ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि मनोनयनका प्रबल दाबेदार ७७ वर्षीय ट्रम्प चुनावका लागि पार्टीको सशक्त दाबेदारको चयनका लागि हुने प्राथमिक अभियानको शिखरमा सुनुवाइ हुनेछ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?