श्रीलंकाको मुद्रास्फीति १०.८ प्रतिशत

Read Time = 1 min

कोलम्बो । श्रीलंकाको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । श्रीलंकाको राष्ट्रिय उपभोक्ता मूल्य सूचकांक (एनसिपिआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा यसमा थप कमी आई १०.८ प्रतिशतमा झरेको जनगणना तथा तथ्यांक विभागले जनाएको छ ।

विभागका अनुसार खाद्य क्षेत्रको मुद्रास्फीति मे महिनामा १५.८ प्रतिशत रहेकोमा गत महिना घटेर २.५ प्रतिशतमा झरेको छ । गैर-खाद्य समूहको मुद्रास्फीति जुनमा २७.६ प्रतिशतबाट घटेर १८.३ प्रतिशतमा झरेको छ ।

गत वर्ष एनसिपिआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको श्रीलंकाको मुद्रास्फीति सेप्टेम्बर २०२२ देखि निरन्तर घटिरहेको छ ।
श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ र सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अंकमा झार्ने बताएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?